मुलुकभर ३८४० जनामा कोरोना पुष्टि, ३३ संक्रमितको मृत्यु

काठमाडौं । लकडाउनको मोडालिटी परिवर्तन भएसँगै नेपालमा पुनः दैनिक कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ८०८ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३ हजार ८४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार १० हजार ८८६ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ६३४ जना र ४ हजार ९२२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख ४६ हजार ६५७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ९९३ जना कोरोनामुक्त भए, ३३ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ९९३ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ४९ हजार ७२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १५ हजार ८०८ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३८ लाख ७९ हजार ४१० जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप ३३ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ७९१ पुगेको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment