अर्थमन्त्री र स्वास्थ्य राज्यमन्त्रीबीच भलाकुसारी : असोजभित्र जनतालाई कोरोना खोप लगाइने


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठबीच कोरोनाविरिुद्धको खोप खरिदबारे छलफल भएको छ । बुधवार अर्थमन्त्रालमा अर्थमन्त्री शर्मा र स्वास्थ्यराज्यन्त्री श्रेष्ठबीच खोप आपूर्ति तालिका संशोधन गरेर भए पनि आगामी असोज महिनाभित्र कोरोनाविरुद्धको खोप आपूर्तिबारे गहन छलफल भएको हो ।

छलफलका क्रममा अर्थमन्त्री शर्माले फागुनसम्म खोप आपूर्ति गर्ने तालिका संशोधन गरेर तत्काल खोप खरिद गर्नुपर्ने बताएका छन् । साथै, खोप खरिदको लागि मन्त्रालयबाट पैसाको कुनै कमी हुन नदिने पनि उनले भनेका छन् ।

अब ढिला नगरी जुन जुन देशबाट खोप ल्याउन सकिन्छ अहोरात्र वार्ता गरी खोप भित्र्याउनुपर्ने शर्माको भनाइ छ । जसरी हुन्छ कोरोना खोप तालिका संशोधन गरी आगामी असोजभित्र खोप लगाइसक्ने गरी प्रक्रिया अघि बढाउन स्वास्थ्य राज्यमन्त्री श्रेष्ठसँग उनले भनेका छन् ।
यदि असोजभित्र खोप दिन सकिएन भने मुलुकको अर्थतन्त्र समेत धरापमा पर्नसक्ने जोखिम देखिएको पनि अर्थमन्त्री श्रेष्ठले छलफलमा भनेका छन् । उनका अुनसार देशको अर्थतन्त्र जनताको प्राणसँग जोडिएकोले विकास निर्माणको लागि विनियोजन गरिएको बजेट समेत रकमान्तर गरेरै भए पनि खोप खरिदमा लगाउन तयार हुनुपर्छ ।

अर्थमन्त्री शर्माका कुरा सुनेर स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले पनि त्यसैअनुरुप अघि बढ्न सकिने बताएका छन् । उनले खोप खरिदका लागि व्यवस्था मिलाइएको र आवश्यक परे आपूर्ति तालिका संशोधन गरेर तीव्रता दिइने प्रतिक्रिया दिए।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment