
काठमाडौं । गुल्मीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका-४ को दोभान भन्ने स्थानमा लु१ज-४५६५ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो।
जिल्लाको शान्तिपुरबाट तम्घास जाँदै गरेको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
घटनास्थल जाँदै गरेका एक प्रहरीले दिएको जानकारी अनुसार जीप सवा ११ बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनाग्रस्त जीप रोडबाट करिब ४ सय मिटर तल खसेको छ ।
दुर्घटनामा अरु सात जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याइँदैछ ।
उद्धार गर्न घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ ।
0 comments:
Post a Comment