युरो कप : स्पेनलाई हराउँदै इटाली फाइनलमा


एजेन्सी । इटाली युरोपेली च्याम्पियनसिप २०२० को फाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा स्पेनलाई ४(२ ले पराजित गर्दै इटालीले फाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । अतिरिक्त समयमा पनि गोल हुन नसक्दा खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो ।

टाइब्रेकरमा इटालीका लागि आन्द्रीए बेलोट्टी, लिओनार्डो बोनुची, फेडेरिको बर्नार्डेस्की र जर्जिन्होले गोल गरे । म्यानुएल लोकाटेलीको प्रहार भने गोलरक्षक उनाइ सिमोनले बचाएका थिए ।

स्पेनका लागि जेरार्ड मोरेनो र थियागले मात्रै गोल गर्न सके । ड्यानी ओल्मोको प्रहार पोस्टभन्दा निकै माथि प्रहार गएको थियो । स्पेनमा लागि
अल्भारो मोराटाले पनि गोल गर्न सकेनन् ।

त्यअघि ६० औं मिनेटमा फेडेरिको किएजाको गोलमा इटालीले अग्रता लिएको थियो । ८० औं मिनेटमा अल्भारो मोराटाले सुन्दर गोल गर्दै खेल १-१ को स्थितिमा ल्याएका थिए ।

इटालीले अब फाइनलमा इंग्ल्यान्ड र डेनमार्क बीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल आज हुँदै छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment