झापामा ट्रकको टक्करबाट मोटरसाइकलमा सवार २ जनाको मुत्यु


झापा । झापाको दमकमा भएको सवारी दुर्घटनामा २ जनाको मुत्यु गएको छ । मंगलबार राति साढे १० बजे भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार झापाको कनकाई नगरपालिका ३ का ४३ वर्षीय पूर्णबहादुर विष्ट र मोटरसाइकलको पछाडि सवार ३६ वर्षीय भिमा विष्टको ज्यान गरेको प्रहरीले जनाएको छ ।

प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका प्रहरी प्रवता सुमन तिमल्सिनाका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ४ ख ८७३० नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको प्र २–०३–०१३ प ४७८७ नम्बरको मोटरसाइकललाई दमक ९ स्थित शान्ति मार्ग नजिकै ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट पूर्णबहादुर र भिमा गम्भीर घाइते भएकोमा उनीहरूलाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषित गरेको थिए ।

मोटरसाइकललाई ठक्कर दिने ट्रक र चालकलाई दमक प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको तिम्सिनाले बताए ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment