लकडाउन खुकुलो बनाए सँगै इलाममा एकै दिन थपिए ६४ जना काेराेना संक्रमित, थप एकको मृत्यु


इलाम, २० असारः देशैभरी दोस्रो लहरको कोरोना संक्रमण वढी रहेको वेला इलाममा पनि थप ६४ जनामा कोरोना संक्रमण भएको छ । इलामा आज ६४ जना थपिए संगै संक्रमितको संख्या १ हजार ९ सय ८७ पुगेको छ । 

आज कोरोना संक्रमण हुनेहरुमा इलाम नगरपालिकामा १७ महिला  १९  पुरुष, सूर्योदय नगरपालिकामा ५ महिला ९ पुरुष, रोङ गाउँपालिकामा ३ महिला ५ पुरुष, माई नगरपालिकामा १ महिला, माइजोगमाई गाउँपालिकामा ३ पुरुष र सन्दकपुर गाउँपालिकामा ३ पुरुष  रहेका छन् ।

संक्रमणको कारण १ जनाको मृत्यु 

कोरोना संक्रमणको कारण इलाममा आज थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सूर्योदय नगरपालिकाका एक जना रहेका छन् । इलाममा कोरोना संक्रमणको कारण  हाल सम्म ४९ जनाको मृत्यु भई सकेको छ । इलाममा हाल सम्म १ हजार ५ सय ४६ जना संक्रमितले स्वास्थय लाभ गरिसकेका छन् ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment