इलाममा थप २० जनामा कोरोना संक्रमण, थप दुई जनाको मृत्यु


इलाम, १६ साउनः इलाममा आज थप २० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । इलाममा निरन्तर कोरोना संक्रमणको ग्राफ वढी रहेको छ ।  आज थपिएका २० सगै संक्रमितको संख्या ३४३३ पुगेको छ । 

इलाममा आज संक्रमित हुनेहरु माई नगरपालिकमा ५ महिला ४ पुरुष, इलाम नगरपालिकाका ४ महिला ३ माईजोगमाई गाउँपालिकामा २ पुरुष, र सन्दकपुर गाउँपालिकमा २ महिला रहेका छन् । 

इलाममा थप २ जनाको मृत्यु 

इलाममा आज थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा इलाम नगरपालिका ६ की ४० वर्षिय एक महिला र इलाम नगरपालिका ९ का ८५ वर्षिय एक पुरुष रहेका छन् ।

इलामा अहिले सम्म कोरोना संक्रमणको कारण ७१ जनाको मृत्यु भएको छ । इलाममा अहिले ९२२ जना सक्रिय संक्रमित रहेका छन् । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment