कप्तान मेस्सी चम्किदा अर्जेन्टिना सेमिफाइनलमा प्रवेश

 

एजेन्सी । अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान भएको खेलमा इक्वेडरलाई ३-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिमा सेमिफाइनलमा प्रवेश गरेको हो ।

अर्जेन्टिनालाई सहज जित दिलाउन कप्तान लियोनेल मेस्सीले उत्कृष्ट प्रर्दशन गरे । उनले एक गोल गरे भने दुई गोलका लागि पास मिलाइदिए । त्यस्तै अर्जेन्टिनामो लागि लाउटारो मार्टिनेज र रोड्रीगो डेले एक/एक गोल गरे ।

४० औं मिनेट रोड्रीगोले गोल गर्दै अर्जेन्टिनालाई अग्रा दिलाएको थियो । मेस्सीको पासलाई पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेका डे पलले सहजै गोल गर्दै १-० ले अघि बढाएका थिए । अर्जेन्टिनाको सिनियर टोलीका लागि डे पलको यो पहिलो गोल हो ।

खेलेको ८४ औँ मिनेटमा मार्टिनेज गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए । उनल कप्तान मेस्सीकै पासमा गोल गरेका थिए । ९३ औं मिनेटमा कप्तान मेस्सीले फ्रिकिकमा गोल गर्दै अर्जेन्टिनाको अन्तिम चारको यात्रा पक्का गरे ।

डिमारियालाई इक्वेडरको डफेन्डलरे पेनाल्टी क्षेत्रभन्दा थोरै बाहिर लडाएपछि अर्जेन्टिनाले फ्रिकिक पाएको थियो । रेफ्रीले भीएआरको सहयोग लिँदै डिफेन्डर पिएरो हिन्कापिएलाई रातो कार्ड दिएका थिए ।

अब फाइनल प्रवेशको लागि अर्जेन्टिनाले कोलोम्बियाको सामना गर्ने छ । अर्को सेमिफाइनलमा पेरु र ब्राजिलले भिड्नेछन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment