मुलुकभर थप १८७५ जनामा कोरोना पुष्टि, २१ को मृत्यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६६ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा १ हजार ८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ६ हजार ८५८ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ३१० जना र ३ हजार २०८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख १४ हजार २४८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार १६४ जना कोरोनामुक्त भए, २१ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार १६४ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ३० हजार ४०७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १० हजार ६६ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३७ लाख २२ हजार ८८८ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप २१ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५२७ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment