माथिल्लो तामाकोसी : साउनभित्रै ३०४ मेगावाट, भदौदेखि पूर्ण क्षमतामा उत्पादन

 

काठमाडौँ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट भदौ अन्तिमसम्ममा पूर्ण क्षमतामा विद्युत् उत्पादन थाल्ने कार्यसूची तय गरेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो युनिटबाट ७६ मेगावाटको परीक्षण उत्पादन सुरु गर्ने क्रममा गत असार २२ गते आयोजनाको उद्घाटन गर्नुभएको थियो ।

माथिल्लो तामाकोसी जलविद्युत् लिमिटेडका अध्यक्ष विज्ञान श्रेष्ठका अनुसार साउनभित्रै ३०४ मेगावाट विद्युत् उत्पादन थालिनेछ । विद्युत् उत्पादनका लागि विद्युत् गृहमा जडित छमध्ये चारवटा युनिट साउनभित्रै सञ्चालन गरिने आयोजनाले जनाएको छ । आयोजनाबाट हाल परीक्षणका रूपमा पहिलो र दोस्रो युनिटबाट विद्युत् उत्पादन थालिएको छ ।

आइतबार साँझबाट दोस्रो युनिट सञ्चालनमा ल्याइएको हो । “हामीले दोस्रो युनिट पनि चलाउन थालेको छौँ,” श्रेष्ठले भन्नुुभयो, “परीक्षण उत्पादनका क्रममा कुनै युनिट केही समय बन्द हुन सक्छन् तर अब व्यावसायिक उत्पादनको मिति पनि तोकेका छौँ । भदौ अन्तिमदेखि पूूर्ण क्षमतामा उत्पादन थाल्नेछौँ ।”  याे खबर गाेरखापत्र दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment