मोटरसाइकलको ठक्करबाट इनिस्पेक्टरको मृत्यु

 

काठमाडौं । मोटरसाइकलको ठक्करबाट एकजना प्रहरी निरीक्षक (इनिस्पेक्टर)को मृत्यु भएको छ । मोटरसाइकलले  ठक्कर दिएपछि गम्भीर घाइते भएका इनिस्पेक्टर कपिल वाग्लेको मृत्यु भएको हो ।

नवलपरासीको बर्दघाटमा सोमबार बेलुकी ८ बजेतिर लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले इनिस्पेक्टर वाग्लेलाई ठक्कर दिएको नवलपरासी प्रहरीले जानकारी दिएको थियो ।

मोटरसाइकलले ठक्कर दिएपछि इनिस्पेक्टर कपिल वाग्ले गम्भीर घाइते भएका थिए । काठमाडौं बसुन्धाराका वाग्लेलाई हिडिरहेको अवस्थामा मोटरसाइकलले ठक्कर दिएको थियो ।

वाग्लेको उपचारको क्रममा सोमबार राति ११ बजे भैरहवा मेडिकल कलेजमा मृत्यु भएको हो । मोटरसाइकल चालक सुनवल नगरपालिका वडा नम्बर १ का दीपेन्द्र पुन मगर पनि गम्भीर घाइते रहेको छ ।

उनी इलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत थिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment