पीएसजीको सानदार जित, घरेलु मैदानमा मेस्सीलगायतका खेलाडीको स्वागत

एजेन्सी । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लगातार दोस्रो जित निकालेको छ ।

गएराति भएको खेलमा पीएसजीले स्ट्रासवर्गमाथि ४–२ को सहज जित निकाल्दै लिग वानमा लगातार दोस्रो जित निकालेको हो । यसअघिको खेलमा पीएसजीले ट्रोएसमाथि २–१ को जित निकालेको थियो ।

घरेलु मैदान पीएसजीलाई सानदार जित दिलाउनको लागि माउरो इकार्डी, केलियन एमबाप्पे, जुलियन ड्राक्सलर पाब्लो सारावियाले गोल गरे । स्ट्रासवर्गका केभिन गामेइरो र लुडोभिक एजोक्युले गोल फर्काए ।

खेलको तेस्रो मिनेटमा नै इकार्डीको गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । उनले एब्डोउ डियालोको पासमा गोल गरेका थिए ।

२५औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे । उनले जुलियन ड्राक्सलरको पासमा गोल गरेका थिए । त्यसको दुई मिनेटपछि नै जुलियन ड्राक्सलरले गोल गरेपछि पीएसजीले पहिलो हाफमै ३–० को आरामदायी अग्रता लिएको थियो ।

५३औं मिनेटमा केभिन गामेइरोले एड्रिन थोमस्सनको पासमा गोल गर्दै स्ट्रासवर्गले एक गोल फर्कायो । ६४औं मिनेटमा लुडोभिकले डिमिट्रि लिनार्डको पासमा गोल गर्दै खेल ३–२ को अवस्थामा ल्याए ।

८६औं मिनेटमा पाब्लो सारावियाले एमबाप्पेको पासमा गोल गर्दै पीएसजीलाई ४–२ को सहज जित दिलाए । यस खेलमा प्रशिक्षक मौरिसियो पोचेटिनोले नेयमारलाई विश्राम दिएका थिए ।

खेलअघि पीएसजीले यो सिजन अनुबन्धित भएका लियोनल मेस्सी, सर्जियो रामोस लगायतका खेलाडीलाई स्टेडियममा स्वागत गरेका थियो । उनीहरुले स्टेडियममा बसेर खेल हेरेका थिए ।

‘यो सप्ताह मेरालागि धेरै विशेष छ,’ मेस्सीले भनेका थिए, ‘मेरो यहाँ नयाँ अवधिका लागि धेरै खुशी र उत्साहित छु।’

फ्यानहरुले मेस्सीको बारे करिव २ मिनेट गीत गाएका थिए। त्यस्तै उनीहरुले रामोसबारे पनि गीत तयार गरेका थिए । रामोसले आफ्नो लागि यो ठूलो दिन भएको बताएका थिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment