भारत सरकारद्वारा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई अक्सिजन प्लान्ट प्रदान

काठमाडौं । भारत सरकारले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका लागि अक्सिजन प्लान्ट प्रदान गरेको छ । विहीबार स्वास्थ्य मन्त्रालयमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठलाई अक्सिजन प्लान्ट हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा राज्यमन्त्री श्रेष्ठले अक्सिजन सप्लाई साथसाथै अक्सिजनको अभावलाई ठूलो सहयोग पुग्नेछ भन्ने विश्वास लिएको बताए । उनले आगामी दिनमा कोभिशिल्ड भ्याक्सिन उपलब्ध गराए सहज हुने जिकिर गरे ।

अहिले सरकारले खोपलाई प्राथमिकतामा राखेको उनको भनाइ छ । उनले १८ प्रतिशत जनतालाई खोपको पहिलो मात्रा र १३ प्रतिशत जनतालाई खोपको दोस्रो मात्रा लगाइसकिएको बताए ।

नेपालका लागि भारतीय राजदूत क्वात्राले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न भारतीय जनता र सरकारको तर्फबाट नेपाली जनता र सरकारलाई अक्सिजन प्लान्ट हस्तान्तरण गरिएको बताए ।

उनले कोरोनाको महामारी नियनत्रणका लागि भारत सरकारले सदैव नेपाल सरकारलाई सहयोग गर्ने बताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment