इलाममा कोरोना संक्रमणको कारण थप २ जनाको मृत्यु, थप ७६ जनामा संक्रमण


इलाम, २४ साउनः इलामा दोस्रो लहरको कोरोना संक्रमण तिव्ररुपमा फैलिएको छ । इलाममा आज थप ७६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आज थपिएका ७६ जना संगै इलाममा संक्रमितको संख्या ३८९५ पुगेको छ । 

इलाममा आज संक्रमित हुनेमा इलाम नगरपालिकामा २० महिला र १८ पुरुष, सन्दकपुर गाउँपालिकामा ६ महिला र १० पुरुष, सूर्योदय नगरपालिकामा नगरपालिकामा ११ महिला र ४ पुरुष, फाकफोकथुम गाउँपालिकाका १ महिला र २ पुरुष, देउमाई नगरपालिकामा २ महिला र माइजोगमाई  गाउँपालिमा  २ पुरुष रहेका छन् ।

इलाममा थप २ जनाको मृत्यु 

इलामा आज थप दुई जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । मृत्यु हुनेहरुमा इलाम नगरपालिका ९ का ५९ वर्षिय पुरुष र सूर्योदय नगरपालिका ४ की ८२ महिला  रहेका छन् ।  इलाममा अहिले सम्म कोरोना संक्रमणका कारण ८९ जनाको मृत्यु भई सकेको छ । अहिले इलाममा ८५७ जना सक्रिय संक्रमित रहेका छन् ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment