
काठमाडौं । अर्जेन्टिनी सुपर स्टार लियोनल मेस्सी गहभरि आँसु लिएर पत्रकार सम्मेलनमा उपस्थित भएका छन् ।
मेस्सीले गहभरि आँसु पार्नुको कारण बार्सिलोना छाड्नुपर्ने रहेको छ । उनले बार्सिलोना छाड्नु अघि गहभरि आँसु पारे । पत्रकार सम्मलनमा उपस्थित हुँदा नै उनका आँखा रसाएको देखिन्थ्यो ।
मेस्सीले २१ वर्ष बार्सिलोनामा बिताए । उनले आफूले क्लब छाड्ने कहिल्यै कल्पना नगरेको बताउँदै आफू र आफ्ना परिवार बार्सिलोनामा नै बस्न तयार भएका बताए ।
मेस्सी र बार्सिलोनाबीच नयाँ सम्झौताको सहमति पनि भएको जनाइएको छ । तर आर्थिक अवस्था र ला लिगाको नियमका कारण हस्ताक्षर नभएको मेस्सीले बताए ।
0 comments:
Post a Comment