झापाको मेचीनगरमा खोलाले बगाउँदा एक महिलाको मृत्यु


झापा । खोलाले बगाएर झापाको मेचीनगर नगरपालिकामा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मेचीनगर–३ स्थित सृजना वस्तीकी रेश्मा किसान रहेकी प्रहरीले जनाएको छ ।

अन्दाजी ३५ वर्षीय किसान शनिबार (हिजो) बेपत्ता भएकी थिइन् । उनको शव आज मेचीनगर–३ स्थित स्थानीय निन्दा खोलामा फेला परेको मेचीनगर–३ का वडाअध्यक्ष हर्कबहादुर बस्नेतले जानकारी दिए ।

शव फेला परेसगैँ स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटना सम्बन्धी आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment