इलाममा कोरोना संक्रमणको कारण थप २ जनाको मृत्यु, थप ४५ जनामा संक्रमण


इलाम, २१ साउनः इलामा दोस्रो लहरको कोरोना संक्रमण तिव्ररुपमा फैलिएको छ । इलाममा आज थप ४५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आज थपिएका ४५ जना संगै इलाममा संक्रमितको संख्या ३७३८ पुगेको छ । 

इलाममा आज संक्रमित हुनेमा इलाम नगरपालिकाका ११ महिला ८ पुरुष, देउमाई  नगरपालिकामा ७ महिला ४ पुरुष, सन्दकपुर गाउँपालिकामा ३ महिला ४ पुरुष, माई नगरपालिकमा २ महिला २ पुरुष, सूर्योदय नगरपालिका ३ पुरुष र माइजोगमाई गाउँपालिकमा १ पुरुष रहेका छन् ।

इलाममा थप २ जनाको मृत्यु 

इलामा आज थप दुई जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सन्दकपुर गाउँपालिका २ की ५८ वर्षिय महिला र  सूर्योदय नगरपालिका १० की ५७ महिला रहेका छन् ।  इलाममा अहिले सम्म कोरोना संक्रमणका कारण ८३ जनाको मृत्यु भई सकेको छ । अहिले इलाममा ८९७ जना सक्रिय संक्रमित रहेका छन् ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment