मुलुकभर ३९३८ जनामा कोरोना पुष्टि, ३७ को मृत्यु

 

काठमाडौं । लकडाउनको मोडालिटी परिवर्तन भएसँगै नेपालमा पुनः दैनिक कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ९३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ हजार ४०८ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३ हजार ९३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ११ हजार ८७० जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ३ हजार ७ जना र ६ हजार ५३८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख ७३ हजार ८६० पुगेको छ ।

पछिल्लो २४ घण्टामा २०१२ जना कोरोनामुक्त भए, ३७ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार १२ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ६३ हजार ६६३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १८ हजार ४०८ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३९ लाख ९९ हजार ७०३ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप ३७ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ९९४ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment