इलाममा थप २३ जनामा कोरोना संक्रमण, थप एक जनाको मृत्यु


इलाम, ६ भदौँः कोरोनाको दोस्रो लहर वढे सँगै इलाममा पनि संक्रमितको ग्रफ वढेको छ यो सँगै मृत्युदर पनि वढेर गएको छ ।

इलाममा आज २३ संक्रमित थपिएका छन् । आज संक्रमित हुनेहरुमा फाकफोकथुम गाउँपालिकामा ३ महिला र ७ पुरुष, इलाम नगरपालिकामा ७ महिला र ३ पुरुष, माई नगरपालिकामा १ पुरुष,  देउमाई नगरपालिका १ महिला र सन्दकपुर गाउँपालिकामा १ महिला रहेका छन् । 

यस्तै आज इलाममा एक जनाको मृत्यु भएको छ । अजा मृत्यु हुनेमा सूर्योदय नगरपालिकाका एक जाना रहेका छन् । इलाममा अहिले सम्म कोरोना संक्रमणको कारण १०४ जनाको मृत्यु भई सकेको छ । इलामा ९०० जना सक्रिय संक्रमित रहेका छन् । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment