इलाममा थप ६१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४ हजार ६७ पुग्यो


इलाम, २६ साउनः इलामा दोस्रो लहरको कोरोना संक्रमण तिव्ररुपमा फैलिएको छ । इलाममा आज थप ६१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आज थपिएका ६१ जना संगै इलाममा संक्रमितको संख्या ४०६७ पुगेको छ । 

इलाममा आज संक्रमित हुनेमा इलाम नगरपालिकामा ७ महिला र ९ पुरुष, माङसेवुङ गाउँपालिकामा ८ महिला र ५ पुरुष, माइ नगरपालिकामा नगरपालिकामा ९ महिला र २ पुरुष, सूर्योदय नगरपालिकाका ६ महिला र ३ पुरुष, फाकफोकथुम  गाउँपालिमा १ महिला र ५ पुरुष माइजोगमाइ गाउँपालिकामा २ महिला २ पुरुष, सन्दकपुर गाउँपालिका १ पुरुष र देउमाइ नगरपालिका १ पुरुष रहेका छन् ।

इलाममा अहिले सम्म कोरोना संक्रमणका कारण ८९ जनाको मृत्यु भई सकेको छ । अहिले इलाममा ८३२ जना सक्रिय संक्रमित रहेका छन् ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment