झापाको बिर्तामोडबाट ब्राउनसुगरसहित दुई जना पक्राउ


इलाम, १८ साउनः झापाको बिर्तामोड नगरपालिका ३, भद्रपुर सडकखण्डको आँखा अस्पताल अगाडिबाट अवैध लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको हल्दिबारी गाउँपालिका १ बस्ने २० वर्षीय सुवास न्यौपाने र बिर्तामोड नगरपालिका १० इलामेली टोल का २४ वर्षीय समिर राई रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक  नवीनराज राईका अनुसार आज दिउँसो १ः०० बजे लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरी टोलीले मे८प ७३९२ नम्बरको मोटरसाईकल चढी आएका न्यौपानेका साथबाट लागूऔषध ब्राउनसुगर १२ ग्राम बरामद गरेको छ ।

लागूऔषध बरामद भएसँगै आवश्यक अनुसन्धानको लागि मोटरसाइकलपछाडि सवार राई समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment