आयोगले आजै माधव नेपाल समूहलाई नयाँ दल दर्ताको प्रमाणपत्र प्रदान गर्ने

 

काठमाडौं । निर्वाचन आयोगले माधवकुमार नेपालको नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको दल दर्ताको प्रमाणपत्र आजै दिने भएको छ ।

दल दर्ताको सनाखत भएसँगै अबको प्रमाणपत्र दुई घन्टापछि आयोगले दल दर्ताको प्रमापत्र उपलब्ध गराउने नेकपा (ए.स.) का विरोध खतिवडा बताएका हुन् ।

उनका अनुसार सनाखतका लागि आयोग पुगेर ३० संघीय सांसदसहित ५५ जना केन्द्रीय सदस्यहरुले हस्ताक्षर गरेका छन् ।

दल दर्ताका लागि ५६ जनाको नामावली आयोगमा पठाइएको थियो । उनीहरुमध्ये भाष्कर काफ्लेबाहेक ५५ जनाको सनाखत भएको आयोगले जनाएको छ ।

बाँकी हस्ताक्षर नभएका चारजना विक्रम शाही, सोमप्रसाद पाण्डे, रामप्रित पासवान र राजन राईको विषयमा अहिले छलफल जारी भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment