महाकालीमा बेपत्ता भएका धामीको परिवारलाई रु.१० लाख उपलब्ध गराउने सरकारको निर्णय

काठमाडौं । सरकारले दार्चुलास्थित महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई सहयोग स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार बसेको मन्त्रिपरिषद् बैठकले गत साउन १५ गते महाकाली नदी पार गर्नका लागि तुइन तर्ने क्रममा खसेर बेपत्ता भएका दार्चुलाको व्यास गाउँपालिका–२ का धामीको परिवारलाई सहयोग स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

बैठकले नेपाल कानून आयोगको अध्यक्षमा पूर्व न्यायाधीश जागेश्वर सुवेदीलाई नियक्त गर्ने निर्णय गरेको छ । यसैगरी, राष्ट्रिय योजना आयोगको सदस्यमा पुष्प रमन वाग्ले र सोलनी प्रधान सिंहलाई नियुक्त गर्ने निर्णय समेत बैठकले गरेको उनले बताए ।

त्यस्तै बैठकले कोभिड–१९ विरुद्धको सारकोभ–२ एमआरएनए खोप तथा हैजाको खोपलाई नेपालमा क्लिनिकल ट्रायल गर्न अनुमति दिएको उनले बताए । अतिकम विकसित राष्ट्रसम्बन्धी बैठकमा भर्चुअल रुपमा नेपालको तर्फबाट सहभागिता जनाउन योजना आयोगका उपाध्यक्षलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment