आज नेप्से परिसूचक दोहोरो अंकले ओरालो लाग्यो

 

काठमाडौं । आज बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ ।

नेप्से परिसूचक १८ दशमलव २४ अंकले घटेर ३ हजार १ सय ८० दशमलव ७८ अंकमा झरेको हो ।

जलविद्युत् समूहको शेयर आज एक सय २३ अङ्कले, बैंकिङ समूहको शेयर साढे १९ अङ्कले, विकास बैंकको एक सय ६२ अङ्कले, होटलको ३०, फाइनान्सको ७३ र उत्पादन समूहको शेयर १९ अङ्कले घटेको छ । आज बीमा, माइक्रोफाइनान्स, अन्य र व्यापार समूहको शेयर भने उकालो लागेको छ ।

आज दुई सय २९ कम्पनीका तीन करोड नौ लाख कित्ता शेयर २० अर्ब ४९ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण काबेली र अरुण भ्याली जलविद्युत् कम्पनीको शेयर एक अर्ब १६ करोड रुपैयाँका दरले किनबेच भएको छ ।

आज खानीखोला हाइड्रो, ङादी ग्रुप अफ पावर र एचआईडीसीएल कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि जीवन विकास लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

जीवन विकास लघुवित्तको शेयर लगातार १६ दिन १० प्रतिशतका दरले बढिरहेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment