मुलुकभर थप ३०७५ जनामा कोरोना पुष्टि, ३३ जनाको मृत्यु

 

काठमाडौं । लकडाउनको मोडालिटी परिवर्तन भएसँगै नेपालमा पुनः दैनिक कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ४३८ जनाको आरटी-पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ११ हजार ९४६ जनाको आरटी-पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ३२१ जना र ४ हजार ४९२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख २० हजार ६०५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २१२६ जना कोरोनामुक्त भए, ३३ को मृत्यु

कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार १२६ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ९१ हजार २९९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १६ हजार ४३८ जनाको पीसीआर-एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ४२ लाख २० हजार ००१ जनाको पीसीआर-एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप ३३ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ४२९ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment