इलामा कोरोना संक्रमणको कारण एकै दिन ४ जनाको मृत्यु, थप ४७ जनामा कोरोना संक्रमण


इलाम, ३ भदौँः कोरोनाको दोस्रो लहर वढे सँगै इलाममा पनि संक्रमितको ग्रफ वढेको छ यो सँगै मृत्युदर पनि वढेर गएको छ । आज एकै दिन इलाममा थप ४ जनाको मृत्यु भएको छ आज मृत्यु हुनेहरुमा चुलाचुली गाउँपालिमा ३ जना र रोङ गाउँपालिकामा १ जना रहेका छन् । इलाममा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १०१ जना पुगेको छ । 

त्यस्तै इलाममा अजा ४७ संक्रमित थपिएका छन् । आज संक्रमित हुनेहरुमा इलाम नगरपालिकामा ४ महिला र  ७ पुरुष, सूर्योदय नगरपालिकामा ४ महिला र ७ पुरुष, सन्दकपुर गाउँपालिमा ५ महिला र ३ पुरुष, माई नगरपालिकामा ७ महिला  देउमाई नगरपालिका ३ महिला र १ पुरुष, चुलाचुली गाउँपालिकामा १ महिला र २ पुरुष,  फाकफोकथुम गाउँपालिकामा १ महिला र १ पुरुष र रोङ गाउँपालिकामा १ पुरुष रहेका छन् । 

इलामा ९४५ जना सक्रिय संक्रमित रहेका छन् । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment