सिस्ने खोलामा बाढी : कारसँगै बगेका ४ को मृत्यु, एकको उद्धार

 

काठमाडौं । दाङको सिस्ने खोलामा आएको बाढीले बगाउँदा ४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार सिस्नेखोला तर्नेक्रममा कार खोलाले बगाउँदा  उक्त घटना भएको हो ।

सिस्ने खोला घोराही लमही सडकखण्ड अन्तर्गत पर्छ । गएराति करिब १० बजेको समयमा ५ जना सवार प्र ३०१२४ च ४४४० नम्बरको कार नेपालगञ्जबाट घोराही जाँद गर्दा खोलामा आएको बाढीले बगाएको प्रहरीको भनाइ छ ।

मृत्यु हुनेमा घोराही १३ का वर्ष ३२ कि शुसिला श्रेष्ठ, १४ निवासी वर्ष २९ कि राधिका कुवर, घोराही १३ बस्ने बर्ष ४० की रितामाया पुन र घोराही १४ कि ४० वर्षीया बिमला केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त कारका चालक घोराही १५ का ४३ वर्षका नरबहादुर पुनको भने घटनास्थलदेखि १ किलोमिटर टाढा खोलामा बगिरहेको अबस्थामा उद्धार गरिएको प्रहरीको भनाइ छ । उनीको खुट्टामा  गम्भीर चोट लागेको प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment