नेपाली कांग्रेस इलामकाे पालिका अधिवेशन सम्पन्न, (पालिका सभापति विजयीहरुको नाम सहित)


इलाम, १० असोजः इलाममा नेपाली कांग्रेसको पालिका अधिवेसनबाट शनिबार सम्पन्न भएको छ । इलाममा रहेका १० पालिका मध्ये चुलाचुली गाउँपालिकामा भने राजेन्द्र केरुङ सर्वसहमत सभापति भएका थिए भने अन्य पालिकामा भने निर्वाचनबाट सभापति चुनिएका हुन् ।
इलाम नगरपालिका सभापतिमा तिर्थ गुरुङ
 नेपाली कांग्रेसको इलाम नगरसभापतिमा तिर्थ गुरुङ निर्वाचित भएका छन् । 
नगर उपसभापतिमा सुशीला सापकोटा र उर्मिला निरौला निर्वाचित भए । सचिवमा विरेन्द्र कार्की र निराजन भट्टराई  विजयी भएका छन् । सहसचिवमा प्रज्वल घिमिरे र विरेन्द्र राई विजयी भएका छन् । नगर कार्यसमितिका सदस्य भने निर्विरोध निर्वाचित भएका छन् ।
माङ्सेबुङमा चन्द्रकुमार सम्बा
माङ्सेबुङको गाउँपालिका सभापतिमा चन्द्रकुमार साम्बा निर्वाचित भएका छन् ।  उपसभापतिमा रनमान थेवे र यलम्बर साम्बा, सचिवमा सुमन खनाल र धड्कन सम्बाहाम्फे निर्वाचित भएका छन् । सहसचिवमा नरेन्द्र तामाङ र कृष्ण बुढाथोकी निर्वाचित भएका छन् ।
माई नगर सभापतिमा हेमबहादुर लिम्बु  
माई नगर सभापतिमा हेम बहादुर लिम्बु विजयी भएका छन।  उपसभापतिमा डम्बर तामाङ र तुलसी तामाङ बिजयी भएका छन् ।
सचिवमा दिवाकर सिंह र गंगाराम काफ्ले  विजयी भएका छन्।
सहसचिव पदमा  तुलसा चम्लागाई र पबित्रा बुर्जा मगर बिजयी भएका छन्। 
देउमाईमा दिलिप कार्की 
देउमाई नगरपालिकाको नेपाली कांग्रेसको सभापतिमा दिलिप कार्की निर्वाचित भएका छन् । यस्तै उपसभापतिमा ताराकुमार राई र दिलकुमारी राई विजयी भएका छन् । सचिवमा कल्पना थापा खत्री र पदमबहादुर कटुवाल विजयी भएका छन् । 
फाकफोकथुम सभापतिमा डिकबहादुर थापा
फाकफोकथुम गाउँपालिका सभापतिमा डिकबहादुर थापा निर्वाचित भएका छन् । 
उपसभापतिमा कृति आले र देउमान दलार्मी निर्वाचित भएका छन् । सचिवमा सागर लिम्बु र नरेन्द्र थापा निर्वाचित भएका छन् । 
त्यसैगरी सहसचिवमा बेदप्रसाद खड्का र घनश्याम चम्लगाई निर्वाचित भएका छन् ।
सूर्योदय नगर सभापतिमा जीवन नेपाल
सूर्योदय नगरसभापतिमा जीवन नेपाल निर्वाचित भएका छन् । उपसभापतिमा निर्मला अग्रवाल र रमेश प्रधान बिजयी बनेका छन् ।सचिवमा अनुप राई र सुशिल ढुङ्गेल बिजयी बने । सहसचिवमा नवीन आचार्य र सहदेव प्रधान बिजयी बने । 
माईजोगमाई सभापतिमा नरेन्द्र देवान 
माईजोगमाई गाउँपालिकाको सभापतिमा नरेन्द्र देवान निर्वाचित भएका छन् । उपसभापतिमा उमाकान्त भट्टराई र चन्द्रकुमार देवान निर्वाचित भएका छन् ।
सचिवमा प्रदिप खड्का र देविप्रसाद अधिकारी निर्वाचित भएका छन् ।
सन्दकपुर गाउँपालिका सभापति पदमा तुलाराम गुरुङ
 सन्दकपुर गाउपालीका सभापति पदमा तुलाराम गुरुङ निर्वाचित भएका छन् । 
रोङ गाउँपालिका सभापतिमा हरि बुडाथोकी  
रोङ गाउँपालिका सभापतिमा हरि बुडाथोकी बिजयी भएका छन् । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment