इलाममा थप ६५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५५०१ पुग्यो


इलाम, ३० भाद्रः कोरोना संक्रमणको दर इलामा फेरी वृद्धि भएको छ । आज गरिएको परिक्षणमा इलामा थप ६५ जनामा कोरोना संक्रमण देखिएको छ । आज थपिएका संक्रमित सँग इलाममा संक्रमितको संख्या ५५०१ पुगेको छ ।

इलामा आज संक्रमित हुनेहरुमा सन्दकपुर गाउँपालिकाका १४ महिला र २५ पुरुष, रोङगाउँपालिकामा ६ महिला र ३ पुरुष, सूर्योदय नगरपालिकामा ४ महिला र २ पुरुष, देउमाई नगरपालिकामा ४ महिला र १ पुरुष, इलाम नगरपालिकामा २ महिला र १ पुरुष, माई नगरपालिकामा २ महिला र चुलाचुली गाउँपालिकामा १ जना पुरुष रहेका छन् ।

इलामा अहिले सम्म कोरोना संक्रमणको कारण १२४ जनाको मृत्यु भई सकेको छ । अहिले इलाममा ३१२ जना सक्रिय संक्रमित रहेका छन् । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment