समृद काङ्ग्रेसको लागि चौधौ महाधिवेशन

 


नेपाली काङ्ग्रेस आफ्नो चौधौ महाधिवेशनको मुल संघार भित्र छिरिसकेको छ। पार्टीभित्र दौड धुप मच्चिएको छ। जताततै काङ्ग्रेसको महाधिवेशनको रौनक छ। देशको  विशाल पार्टीमा अबको नेतृत्व  कस्तो चयन भएर आउने हो भनी सर्वत्र चासो  छ। विभिन्न अभिभारा तथा संकटबाट गुज्रिएको हाम्रो देश  बलियो काङ्ग्रेस बनाउदै समृद  देश बनाउन तर्फ होमियोस्। त्यसका लागि  आज काङ्ग्रेसीलाई ठुलो चुनौती छ। 
मानिस सबैको इच्छा, चाहना र स्वभाव  समान हुदैन । एउटा घरको सानो परिवारको मत त विभाज्य हुन्छ। तर हाम्रो त  विशाल   पार्टी , विधि विधान र निर्देशन एउटै भए पनि त्यसको विश्लेषण गर्ने धारहरु फरक होलान् । सबैको आ–आफ्नै लोकप्रियता होला। क्षमतावान सबैले नेतृत्व लिएर अघि बड्न खोज्नु पार्टीका लागि  दुर्भाग्य हैन सौभाग्य हो । पार्टीभित्रको आन्तरिक स्वच्छ प्रतिस्पर्धा नै लोकतन्त्र हो।
 पार्टीभित्र गुटबन्दी रहनु प्रजातान्त्रिक अभ्यासमा कुनै अनौठो कुरा होइन। झन् हाम्रो नेपाली काङ्ग्रेसमा गुटबन्दी कै इतिहास रहेको धेरै प्रमाण छन्।  हो निश्चित विषयमा गुटबन्दी अस्वभाविक हुन सक्तैन तर व्यक्ति कै लागि भैरहेको गुटबन्दीले सिङ्गो पार्टीलाई कमजोर बनाउने हो कि यस तर्फ सबैको ध्यान जान जरुरी छ र कसैले पनि आफ्नो व्यक्तिगत कारणले सिङ्गो पार्टीलाई धरासयी बनाउने काम कदापि कोही, कसै र कहीबाट नहोस्, शुभकामना दिन चाहान्छु। 
नेपाली काङ्ग्रेसको मेरुदण्ड भनेकै हामी  क्रियाशील  सदस्यहरू हौ। जसले नेपाली काङ्ग्रेसको  आधारस्तम्भहरु वा पिल्लर चयन गर्ने दायित्व राख्दछन्।  हामीले यो कुरा हेक्का राख्नु पर्छ कि हामीले आज हाम्रो पार्टीको पिल्लरको एउटा एउटा इट्टा जोड्दैछौ । पार्टीलाई कतातिर लैजाने हो अत्यन्तै सोचविचारका साथ नेतृत्व या समितिहरु चयन   गर्नु पर्ने हुन्छ । ताकि संगठित समितिले कसैलाई काखा र पाखा नगरी सबैसँग सहकार्य गर्दै एक ढिक्का बनाएर अघि बढोस्।
विगतमा हाम्रो पार्टी कमजोर देखिएको र स्थानीय तह, प्रदेश सरकार , संघीय सरकार र संसदमा समेत प्रजातान्त्रिक शक्तिको उपस्थिति कमजोर रहँदा सत्तासीन कम्युनिस्ट सरकारले मनपरि तन्त्रले सरकार चलाएको सबैलाई विदितै छ। कम्युनिस्ट सरकारको शासन पद्धतिबाट दिक्क भएर तमाम नेपाली जनताले नेपाली काङ्ग्रेसमाथि नै ठुलो आशा र भरोसा राखेका छन्। नेपाली जनताको आकाङ्क्षालाई परिपूर्ति  गर्न नेपाली काङ्ग्रेस बलियो भएर अघि बढ्न जरुरत छ। विगतमा पार्टीभित्र जेजस्तो कमी कमजोरी भए पनि भावी दिनमा ती कमजोरीहरु नदोहोरिने बाचाका साथ नयाँ जोस जागर लिएर  अघि बढ्नु नै सिङ्गो नेपाली काङ्ग्रेसको लागि हित हुनेछ ।
हिजो नेपाली काङ्ग्रेस छोडेर विभिन्न दलमा आबद्द हुन गएका धेरै व्यक्तिहरु आज हाम्रो पार्टी नेपाली काङ्ग्रेसको आधारभुत जीवनदर्शन , विश्व दृष्टि , मुल्य र मान्यतालाई सम्झेर पुनः पार्टीमा प्रवेश गर्दै हुनुहुन्छ । हाम्रो काङ्ग्रेसको आफ्नै आधारभुत दर्शन छ। आधारभुत विचार छ। त्योसँग हामी पूर्ण सहमत छौ। तर त्यहीँ सहमत हामी अन्य पार्टीसँग गर्न सक्तैनौ। हामी स्वतन्त्रतालाई प्रमुख गुरु मान्दछौ।
कतिपय काङ्ग्रेससँग आबद्द र काङ्ग्रेसका शुभचिन्तकहरुले पार्टी बचाउ अभियान शुरु गर्न सुझाव दिएका छन्। नेपालको इतिहासलाई कोट्याउदा देशको महत्त्वपूर्ण निर्णयहरुमा काङ्ग्रेस पार्टीको योगदान अग्रस्थानमा रहेको छ। नागरिक स्वतन्त्रता , प्रेस स्वतन्त्रता, संविधानको रक्षा र संशोधनका लागि अरु विकल्प नरहेकाले काङ्ग्रेस बाच्नु पर्छ, काङ्ग्रेस उठ्नु पर्छ  सबैको शुभेच्छा  छ। 
 काङ्ग्रेस आफू एक्लै मात्र रहन नसक्ने हुनाले  यसका भातृ संगठन र शुभेच्छुक संस्थासँग हातेमालो गर्दै अघि बढ्नु पर्ने हुन्छ। काङ्ग्रेसमा पनि आफ्नो नेतृत्वसँग  कार्यकर्ताहरु सबै कुरामा पूर्ण सहमत देखिन्नन्। अमेरिकाको सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (MCC) ले देशमा ठुलो हङ्गामा मच्चाइ रहेको छ। यसमा राष्ट्र र सिङ्गो जनताको पक्षमा रहेर सरकारले चाडै निर्णय गर्न सकोस् ।
 अन्त्यमा काङ्ग्रेस पार्टी कसैको पेवा होइन । यो एउटा खुल्ला मैदान हो। मैदानमा जसले पनि खेल्न सक्छ । बहुजाति, बहुभाषा, बहुधर्म र बहुसंस्कृति  बोक्नेहरुको पार्टी हो नेपाली काङ्ग्रेस । यसमा सबै खाले फूल फुल्छन् भन्ने विश्वासले हामी नेपाली काङ्ग्रेसमा लागि रहेका छौ। काङ्ग्रेसले स्थापित गरेको सबै अट्ने दलभित्र क्षमता हुने जोसुकै माथि पुग्न सक्नेछन् ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment