जगदीश समालको ‘देखे जब उनीलाई’मा प्रकाश र प्रजिना (भिडियो)

काठमाडौं । गायक जगदीश समालको आवाजमा प्रेमिल शैलीको बिल्कुलै नयाँ गीत ‘देखे जब उनीलाई’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा शब्द गीतकार तथा फिल्म निर्मात्री अनु शाहको रहेको छ। नारायण सुवेदी आभाषले संगीतबद्ध गरेका यस गीतमा फणिन्द्र राईको संगीत संयोजन रहेको छ। अमेरिकामा नै सम्पूर्ण छायांकन भएको म्युजिक भिडियोमा प्रजिना वाग्ले र प्रकाश थापा फिचर्ड छन्।

जय्सन फोटोग्राफी र बीबी लामिछानेले छायांकन गरेको भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन् । राजन उप्रेतीको निर्देशनमा भिडियो तयार पारिएको हो।

यसअघि गायक समाल, गीतकार शाह र संगीतकार सुवेदीको सहकार्यमा रहेको ‘तिम्रो प्यारमा छु’ दर्शक स्रोतामाझ लोकप्रिय छ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment