संखुवासभा हत्याकाण्ड : यसरी पालैपालो हत्या गरिएको थियो

काठमाडौं । संखुवासभा सामूहिक हत्याकाण्डका आरोपीलाई प्रहरीले पक्राउपश्चात् आइतबार सार्वजनिक गर्ने तयारी गरेको छ । हत्या भएको ५ दिनपछि आरोपी २६ वर्षिय लोकबहादुर कार्कीलाई पक्राउ गरिएको छ । उनी नाताले हत्या गरिएका तेजबहादुर कार्कीका भतिज हुन् ।

भदौ २१ गते सोमबार बिहान हत्या गरिएका ५२ वर्षीय तेजबहादुर कार्की खेताला खोज्न निस्किएका थिए । उनलाई लोकबहादुरले बाटोमा ढुकेर बसेका थिए । त्यसपछि उनले अचानक तेजबहादुरमाथि आक्रमण गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

सोमबार तेजबहादुर धान गोड्न खेताला खोज्न निस्किएको अनुसन्धानमा खुलेको छ । अनुसन्धानमा खटिएका एक अधिकृतका अनुसार टाउको पछाडिबाट हिर्काएर लोकबहादुरले तेजबहादुरको हत्या गरेका थिए  । तर, उक्त दृश्य तेजबहादुरकी पत्नि र बुहारीले देखेपछि दौँडिदै आएका थिए । उनीहरुलाई पनि पालौपालो ह्यामरले हानेर हत्या गरिएको थियो।

आमा र हजुरआमाको हत्या गरेको दृश्य देखेका ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको पनि प्रमाण मेटाउन भनि लोकबहादुरले बारीमा लखेटेर हत्या गरेको अनुसन्धानमा खुलेको छ ।

नाती नातिनीको हत्या गरेपछि घरमा पसेर ८४ वर्षीया बिरामी पार्वती कार्कीको हत्या गरेको अनुसन्धानमा खुलेको छ । आरोपीले बयान दिएअनुसार नै मृतक सबैको टाउकोमा चोट लागेको छ ।

गत सोमबार ५७ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या भएको थियो।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment