जिल्ला समन्वय समिति इलामका सदस्यको कोभिडबाट निधन


इलाम, २६ भाद्रः  इलाम जिल्ला समन्वय समितिका सदस्य चन्द्र मगरको आज बिहान कोभिडको उपचारका क्रममा निधन भएको छ ।

उपचारका लागि बिर्तामोडको बिएण्डसी हस्पिटलमा भर्ना हुनुभएको उहाँको आज बिहान साढे ४ः०० बजेतिर निधन भएको इलाम रोङ गाउँपालिका अध्यक्ष समसेर राईले जानकारी दिनुभयो ।

एक साताअघि कोभिड–१९ को लक्षण देखिएपछि उहाँलाई मेची अस्पतालमा भर्ना गरिएको थियो । सुरुमा एन्टिजेन परीक्षण गर्दा उहाँमा कोभिडको सङ्क्रमण देखिएको थिएन ।

स्वास्थ्य अवस्था जटिल बनेपछि उहाँलाई थप उपचारका लागि हस्पिटल भर्ना गरिएको थियो । बिएन्डसीमा भर्ना गरिएपछि पिसीआर परीक्षण गर्दा उहाँमा कोभिड सङ्क्रमण पुष्टि भएको थियो ।

दक्षिणी इलामको रोङ गाउँपालिका–५ निवासी उहाँ  नेकपा (एमाले)बाट  वडासदस्यमा निर्वाचित भएर जिसस इलामको सदस्य हुनुभएको थियो । इलामको सचिवालय सदस्य समेत हुनुहुन्थ्यो । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment