प्रहरी र काठ तस्करबीच झडप, ३ राउण्ड हवाई फायर

वीरगन्ज (पर्सा) । पर्साको पटेर्वासुगौली गाउँपालिका स्थित प्रहरी र काठ तस्करबीच झडप भएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली र जंगलबाट काठ तस्करी गरि ल्याउँदै गरेको तस्करबीच सोमबार विहान ४ बजेको समयमा झडप भएको हो ।

झडपको क्रममा प्रहरीले आफ्नो साथमा राखेको ९ एम.एम.को पेस्तोलबाट ३ राउण्ड हवाई फायर समेत गरेको छ ।

पटेर्वासुगौली गाँउपालिकाको फरहादवा नजिक पर्ने जंगलबाट सालको गोलिया काठ बि।आर। २२ एफ ४१०८, ना. ४० प ९३९६ नम्बरको मोटरसाइकलमा राखेर ल्याउदै गरेको चार वटा मोटरसाइकलमा सवार ८ जना तस्करलाई प्रहरीले रोक्ने खोज्दा तस्करहरुले प्रहरीमाथ ढुँगा मुढा गर्न थालेपछि प्रहरी र तस्करबीच झडप भएको हो ।

तस्करहरुले प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि आत्मसुरक्षाको लागि प्रहरीले ३ राउण्ड हवाई फायर गरेको पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले जानकारी दिए ।

प्रहरीले हवाइ फायर गरेपछि तस्करहरु दुइवटा मोटरसाइकल र काठ छाडेर भागेका थिए । तस्करहरु मोटरसाइकल र काठ छाडेर भागेपछि प्रहरीले घटनास्थलबाट काठ सहित मोटरसाइकल बरामद गरेको थियो ।

बरामद गरिएको काठ र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ भने तस्करहरुको खोजी कार्य भइरहेको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment