इलामा थप १८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५३७६ पुग्यो


इलाम, २८ भाद्रः कोरोना संक्रमण देशभरी घटेको वेला इलामा भने अझै कम हुन सकेको छैन । इलामा अजा एकै दिन १८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आज थपिएका १८ जना संगै संक्रमितको संख्या ५३७६ पुगेको छ । 

इलामा आज संक्रमित हुनेहरुमा इलाम नगरपालिकामा १ महिला  र ४ पुरुष, देउमाई नगरपालिकामा ३ महिला र २ पुरुष, सन्दकपुर गाउँपालिकामा २ महिला र ३ पुरुष, चुलाचुली गाउँपालिकामा २ पुरुष र सूर्योदय नगरपालिकामा १ पुरुष रहेका छन् ।

इलाममा हाल सम्म कोरोना संक्रमणको कारण १२४ जनाको मृत्यु भई सकेको छ । इलाममा अहिले २३७ जना सक्रिय संक्रमित रहेका छन् । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment