असोज ४ गतेदेखि दशैंका लागि नयाँ नोट वितरण गरिने

काठमाडौँ । यस वर्ष दशैंका लागि असोज ४ गतेबाट राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने भएको छ ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालका अनुसार असोज ४ गतेबाट बालुवाटार कार्यालय र प्रदेश स्थित प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुनेछ ।

‘क’ वर्गका बैंकहरुले समेत दशैंका लागि नयाँ नोट वितरण गर्नेछन् । धेरै जसो बैंकहरुमा नयाँ नोट पुगिसकेको नेपालले जानकारी दिए । केही विकास बैंक र फाइनान्स कम्पनीहरु समेतले नयाँ नोट लगिसकेका छन् ।

हरेक वर्ष दशैंमा नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले गत वर्ष कोरोनाका कारण राष्ट्र बैंकले नयाँ नोट वितरण गरेको थिएन । यस वर्ष कोरोना संक्रमण निकै घटेपछि राष्ट्र बैंकले नयाँ नोट वितरण गर्न लागेको हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment