केपी ओलीको रिट निवेदन ‘हेर्न नभ्याइने’ सुचीमा

 

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा गरेको रिट निवेदन ‘हेर्न नभ्याइने’ सुचीमा परेको छ ।

एमालेबाट कारवाही गरिएका १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो ।

सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश मीरा खड्काको संयुक्त इजलासमा उक्त रिट निवेदनको पेसी तोकिएको थियो । तर इजलासले सो रिट निवेदनलाई ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ ।

एमालेले माधव नेपालसहित १४ संघीय सांसदलाई निष्कासन गरेको भन्दै संसद सचिवालय र निर्वाचन आयोगमा भदौ १ गते पत्र पठाएको थियो ।

तर, संसद सचिवालयले सूचना टाँस नगरेपछि नेपाल पक्षले नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गरेको थियो ।

निर्वाचन आयोगले पनि सो दललाई मान्यता दिइसकेको छ । एमाले अध्यक्ष ओलीले निर्वाचन आयोग र सभामुखविरुद्ध छुट्टाछुट्टै तीन वटा रिट दायर गरेका थिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment