एकीकृत समाजवादीको सचिवमा रामकुमारी झाँक्री

 

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवमा रामकुमारी झाँक्री चयन भएको स्रोतले जनाएको छ । पार्टी निकट स्रोतका अनुसार झाँक्रीलाई महासचिवमा प्रस्ताव गरिएको छ । आजै बस्ने केन्द्रीय कमिटीको बैठकले उनको नाम अनुमोदन गर्ने तयारी रहेको छ ।

यसैगरी पार्टीको उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाल लगायतलाई प्रस्ताव गरिएको छ । महासचिवमा वेदुराम भुसाल र उप महासचिवमा प्रकाश ज्वाला तथा डा. विजय पौडेलको नाम प्रस्ताव गरिएको पनि स्रोतले जनाएको छ ।

आजको केन्द्रीय कमिटी बैठकले उनीहरुको नाम अनुमोदन गर्ने र आधिकारि रुपमा घोषणा गर्ने जनाइएको छ । पार्टीको विधानअनुसार १ जना अध्यक्ष र ७ जना उपाध्यक्ष तथा १ जना महासचिव र २ जना उपमहासचिव रहने व्यवस्था छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment