हात्तीको आक्रमणबाट झापामा माईत आएकी एक महिला घाइते

झापा । तीज मनाउन माईत आएकी झापाको मेचीनगर नगरपालिकाकी एक चेली हात्तीको आक्रमणबाट घाइते भएकी छिन् ।

मेचीनगर १३ चारआलीस्थित सिग्देल गाउँमा मंगलबार राति १२ बजे आएको हात्तीले घर भत्काउदा माईती घर आएर आफ्नो बच्चासँग सुतिरहेकी रेजिना घिमिरे नेपाल घाईते भएकी हुन् ।

हात्तीको आक्रमणबाट घाइते भएकी उनको कानमा चोट लागेर स्थानीय मनकामना अस्पतालमा उपचार भइरहेको मेचीनगर १३ का वडाध्यक्ष कृष्णराज सिग्देलले जानकारी दिए ।

तीन वटाको संख्यामा आएको हात्तीले सोही स्थानका यमकान्त घिमिरे र दिलबहादुर मग्रान्तीको घर भत्काएको भने नयाँ आईतबारे बजार दक्षिण बालीमा क्षति पुर्याएको वडाध्यक्ष सिग्देलले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment