नयाँ नेतृत्व चयनका लागि अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन सुरु

 

काठमाडौँ । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा सुरु भएको छ ।

‘शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टीका लागि हाम्रो आन्दोलन, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायको पक्षमा २२ औं राष्ट्रिय सम्मेलन’ भन्ने नारासहित प्रज्ञा भवन कमलादीमा सम्मेलन शुरु भएको हो ।

प्रज्ञा भवन कमलादीमा शुरु भएको सम्मेलनको उद्घाटन माओवादी अध्यक्ष प्रचण्डले गर्दैछन् ।

सम्मेलन अन्तरगत भोलिदेखि शुरु हुने बन्द सत्रमा देशभरबाट ८ सय ९९ जना प्रतिनिधि सहभागि हुने उपाध्यक्ष तथा प्रचार प्रसार उपसमितिले जनाएको छ ।

न्युज२४ नेपालबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment