चितुवाको छालासहित दुई जना पक्राउ

गुल्मी । गुल्मीमा चितुवाको छालासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । छत्रकोट गाउँपालिका(३ को लुम्छा बजारस्थित घिमिरे होटल एण्ड लजबाट दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेयका अनुसार चितुवाको छालाको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

लुम्बिनी प्रदेश ब्यूरो तथा जिल्ला प्रहरी कार्यालय गुल्मीको संयुक्त टोलीले छत्रकोट गापालिका(२ भेडुवाका २७ वर्षीय सुमन खनाल र सोही ठाउँका ३१ वर्षीय हरिबहादुर सार्कीलाई चितुवाको छालासहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीको लागी वन डिभिजन बन कार्यालय बुझाइने प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment