प्रतिनिधिसभा बैठकमा एमालेको अवरोध कायमै, ५ दिनका लागि संसद स्थगित

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीच सुरु भएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । माधव नेपाल लगायत १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको हो ।

सभामुखले बैठक सुरु भएको जनाउ दिनेबित्तिकै एमालेका सांसदहरुले बेल घेराउ गरेर नाराबाजी सुरु गरेका थिए ।

सभामुख अग्नि प्रसाद सापकोटाले पटकपटक नारावाजी नगर्न र संसद बैठकलाई सहज तरिकाले चलाउन भुमिका खेल्न आग्रह गरेपनि एमाले सांसदले अटेर गरेर नारावाजी गरेपछि सभामुख सापकोटाले बैठकको कार्यसूची अनुसार राष्ट्रपतिको कार्यालयबाट आएको अध्यादेश खारेजी र विधेयकहरुप्रमाणिकरण सम्बन्धि पत्रहरु पढेर सुनाए ।

एमालेको नाराबाजीकै बीचमा प्रधानमन्त्रीका तर्फबाट कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महालेखा परीक्षकको प्रतिवेदन पेश गरे ।

सो प्रतिवेदन पेशपछि सभामुख सापकोटाले आगामी मंगलबारसम्मका लागि बैठक स्थगित गरे । यससँगै बैठक १९ गते मंगलवार दिनको १ बजेसम्मका लागि स्थगित भएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment