इलामा थप ११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५७१० पुग्यो


इलाम, १३ असोजः इलाममा आज थप ११ जनामा कोरोना संक्रमण देखिएको छ । आज थपिएका ११ जना सँगै इलाममा संक्रमितको संख्या ५७१० पुगेको छ ।

आज संक्रमित हुनेहरुमा सूर्योदय नगरपालिकामा २ महिला ३ पुरुष, इलाम नगरपालिकामा ३ महिला र १ पुरुष र  देउमाई नगरपालिकामा १ महिला र १ पुरुष  रहेका छन् । 

इलाममा कोरोना संक्रमणको कारण १२७ जनाको मृत्यु भई सकेको छ । इलाममा अहिले २०७ जना सक्रिय संक्रमित रहेका छन् । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment