![]() |
खड्काले सामाजिक सञ्जालमा पाेष्ट गरेकाे तस्विर |
इलाम, १ असोजः इलामको माईजोगमाई गाउँपालिका १ प्रेमेजुङमा रहेको श्री शिवमाई माध्यामिक विद्यालयको भौतिक संरचना , विद्यालय परिषर जिर्ण अवस्था देखेर सामाजिक संजालमा प्रचार गरेको भरमा पत्रकार, बुद्धबाणीकर्मी बिनु खड्कालाई विद्यालय ब्यवस्थापन समितिले न्यायिक समितिमा मुद्धा हालेको छ ।
विद्यालय बन्द रहेको अवस्थामा झ्याल ढोका खुल्लै रहेको बर्खाको पानी कक्षा कोठा भित्र पसेको र भौतिक सामाग्रीको कुनै संरक्षक नभएको अवस्थाको सामाजिक संजालमा सबै सरोकारवालाको ध्यानाकर्षण होस् भनेर सार्वजनिक गर्दा विद्यालय ब्यवस्थापन समितिले मुद्धा लगाएको सञ्चारकर्मी खड्काले बताएका छन् ।
सार्बजनिक सम्पत्तिको संरक्षण गर्नु सबै नागरिकको दायित्व हो । सार्बजनिक सम्पत्ति लथालिङ्ग भयो ब्यवस्थित गरियोस् भनेकै भरमा भरमा मुद्धा लाग्दा अभिभावक लगायत सबैको चासोको बिषय बनेको छ । सबै नागरिकले सार्बजनिक सम्पतिको बारेमा आवाज उठाउने अधिकार हुदा हुदै कानुनी प्रक्रियामा जानू आपत्ती रहेको खड्काले बताए ।
विद्यालय ब्यावस्थापन समितिका अध्यक्ष शालिकराम पौडेलले कोरोना भाइरस संक्रमणको बेला सबै तिर बन्दा बन्दी भएकाले विद्यालयमा जाने अवस्था भएन ।बिषम अवस्थामा विद्यालयमा सर सफाइ गर्न नसकेकै हो । ब्यावस्थापकिय कमी कम्जोर भएको स्वीकार गर्दै खड्काले राम्रो कुरा नउठाई नराम्रो मात्र सामाजिक सञ्जालमा सम्प्रेषण गरेकाले यो कार्य उचित नभएर न्याय पाउ ,छलफल गरिपाउ भनेर न्यायिक समिति माईजोगमाई गाउँपालिकामा निबेदन दर्ता गराएको पौडेलको भनाई रहेको छ ।
0 comments:
Post a Comment