बोलीको टुंगो नभएका ओली : पहिले र अहिले

काठमाडौं । बुधबार संसदीय दलको बैठकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सन्दर्भमा जनता ताँतिरहेकोले चुप लाग्ने, सत्ता गठबन्धन दलहरुलाई नै सबै सुम्पिने बताए । सरकारमा रहँदा संसदमा एमसीसी पढ्न सबैलाई सुझाएका ओलीले बुधबार बैठकमा अब, एमसीसीबारे राम्रोसँग अध्ययन गरेर मात्र धारणा बनाउने बताए ।

सत्तामा बस्दा जे पनि बोल्ने ? सत्ता गुमेपछि फेरि फाइदा खोज्न जे पनि बोल्ने ? भन्ने उनको हकमा लागू हुन्छ । पहिले एकथोक बोल्ने पछि अर्कैथोक ! सुरुमा व्यंग्य कसेर ताली खान अरुलाई गाली, पछि फेरि पछि गाली खाइने डरले कुरा फेर्ने !

यसैगरी बुधबारको बैठकमा एमसीसी आफ्नो पालामा र आफ्नो पार्टी सरकारमा छँदा धेरै बोलिरहनुपर्ने अवस्था पनि नभएको उनले सांसदहरुलाई सुनाए । उनले बैठकमा भनेका छन्– ‘एमसीसीबारे राम्रो अध्ययन गरेर धारणा बनाउने, यो सन्धि हामीले गरेको पनि होइन, यो अभिभारा अहिले हाम्रो काँधमा पनि आएको छैन र एमसीसी पास गर्नुपर्ने जिम्मा हाम्रो होइन ।’

यसअघि प्रधानमन्त्री रहँदा अध्यक्ष ओलीले एमसीसी पास गर्ने मरिहत्ते गरेका थिए । तर, त्यतिबेला पनि चौतर्फी विरोध भएपछि केही समय सुनसान थियो, एमसीसीको । तर, सर्वाेच्च अदालतले ओली सरकार च्यूँत गरेसँगै आगमन भएको देउवा सरकारले अहिले एमसीसी पास गर्न लागिपरेको छ ।

देउवा सरकारकै नेतृत्वमा २०७४ भदौ १९ गते अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की (जो अहिले गृहमन्त्री छन्) र एमसीसीकी हालकी उपाध्यक्ष फतिमा सुमारबीच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

मंगलबार नै एमसीसीकी उपाध्यक्ष सुमार नेपाल आउने भन्ने भनिएको थियो । उनी एमसीसी सन्दर्भमा नेपालको पछिल्लो राय बुझ्न नेपाल आउँदै थिइन् । एमसीसीको सन्दर्भमा जनमाझमा चौतर्फी विरोध भइरहँदा पार्टीगत रुपमा भने ‘फाइदा’लाई हेरिएको छ ।

बाहिर आमजनतासामू भन्ने देशभक्ति र राष्ट्रभक्ति तर, भित्र भने फाइदा पुग्ने काम भन्दा केही देखिँदैन । जुन ओलीमा लागू भएको देखिन्छ । जतिबेला सरकारमा रहँदा ओलीले जसरी भए पनि एमसीसी लागू गर्नुपर्ने बताएका थिए । अहिले उनी आफ्नो दललाई यस विषयमा धेरै अग्रसर नहुन भनेपनि उपाध्यक्ष भीम रावल भने एमसीसीको विरोधमा उत्रिइरहका छन् । उनले एमसीसीले देश डुबाउँदैन भने गिरफ्तार गर्न नै चुनौती दिइसकेका छन् ।

एमसीसी सन्दर्भमा थुप्रै कुराहरु छन् । तर, यतिबेला भने त्यतिबेला ओलीले संसदमा सबैलाई एमसीसी सम्झौतामा के लेखेको छ पढ्न भनेका थिए । तर, अहिले उनी आफैँ एमसीसीको राम्रोसँग अध्ययन नगरी धाराणा नबनाउन आफूनिकट सांसदलाई उर्दी जारी गरे । २०७७ साल असार ४ गते  संसदमा ओलीले भनेका कुरा उनकै शब्दमा सुनौँ–

एमसीसी सम्झौता खोजेर ल्याए पढे हुन्छ । पढ्नेभन्दा हल्लाका भरमा कुुद्ने र, जसरी पनि विरोध गर्न पाए भयो भन्ने कस्तो चिन्तन ? खुट्टाले टेकेर हिँड्न छाडेर टाँउकाले टेकेर, हातले टेकेर, खुट्टा ठाडा पारेर हिँड्ने अभ्यास गर्न किन जरुरी छ ?

खुट्टैले टेकेर हिँड्नुपर्छ । खुट्टा हिँड्ने भनेको जे त्यसमा प्रबन्ध छ त्यो प्रबन्ध पढेर त्यो प्रबन्धमा ठीक बेठीक, या त्याँ, छ भनेर भन्नुचाहीँ एउटा कुरा हो । लहैलहैमा, लौँलौँ अमेरिकी सेना आउने भो, कहाँ पढ्छन् ? के पढ्छन् ? अचम्म लाग्छ मलाई । कागले कान लग्यो भन्दा लादा त कान अलिअलि दुख्छ होला नि ! दुख्या छैन भने होइन होला त भन्ने थाहा पाउनुपर्यो नि पहिले ।

दुख्या छैन तैपनि सुटुक्कै लग्यो कि भनेर छाम्नुपर्यो नि ! छाम्नुपर्यो नि कान छ कि छैन भनेर । दुख्यो, दुखेन त्यो पनि वास्ता नगर्ने, छ कि छैन नछाम्ने अनि लहैलहैमा कुद्ने । यो प्रवृत्ति बडा अचम्म लाग्छ मलाई । अहिले सडकको पनि विषय बनेको छ । अन्तर्राष्ट्रिय विषय पनि बनेको छ । यो सान्दर्भिक अहिलेको विषयवस्तु नभएकाले धेरै बोल्न चाहिँन । तर, पढे हुन्थ्यो नि ! सम्झौतामा के लेखेको छ ? के यस देशमा विकास अनुदान आयो भन्ने चिन्ता ?

तर, अहिले भने : 

एमसीसी सम्झौता हामीले गरेको होइन, त्यसैले धेरै अग्रसर नहोऔँ  : ओली

एमसीसी सम्झौता हामीले गरेको होइन, त्यसैले धेरै अग्रसर नहोऔँ : ओली

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment