इलाममा थप २७ जनामा कोरोना संक्रमण, एक संक्रमितको मृत्यु


इलाम, २३ भाद्रः इलाममा कोरोना संक्रमणको दोस्रो लहर अझै नियन्त्रण भएको छैन । दोस्रो लहरको संक्रमणमा मृत्यु हुनेको संख्या पनि वढेको छ । 

इलामा आज थप २७ जनामा कोरोना संक्रमण भएको छ । २७ जना थपिए सँगै इलामा संक्रमितको संख्या ५३१५ पुगेको छ । 

इलामा आज थपिने संक्रमितहरुमा इलाम नगरपालिकामा ३ महिला र ६ पुरुष, देउमाई नगरपालिकामा २ महिला र ७ पुरुष, माई नगरपालिकामा २ महिला र ४ पुरुष,  रोङ गाउँपालिकामा १ महिला, सूर्योदय नगरपालिकामा १ पुरुष र चुलाचुली गाउँपालिकामा १ पुरुष, रहेका छन् ।

इलमा आज थप एक जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । इलामा अहिले सम्म कोरोना संक्रमणको कारण १२२ जनाको मृत्यु भई सकेको छ । अहिले इलाममा ३४० जना सक्रिय संक्रमित रहेका छन् ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment