५ मजदुरको मृत्यु भएको तथ्य सर्वोत्तम स्टिल उद्योगले लुकायो!

काठमाडौं । वीरगन्जस्थित सर्वोत्तम स्टिल उद्योगले ५ जना मजदुर मृत्युको घटना एक सातासम्म लुकाएको रहस्य खुलेको छ।

भदौ १० गते फलाम गलाउने क्रममा उद्योगको भट्टी पड्किएर १५ मजदुर घाइते भएका थिए। तीमध्ये ५ जनाको मृत्यु एक साताअघि नै भएको खुलेको हो। तर, उद्योगले त्यसबारे औपचारिक जानकारीसमेत दिन मानेको छैन।

उद्योग व्यवस्थापनले सख्त घाइते ६ जनालाई भदौ १० गते रातारात भारतको पटनास्थित एपोलो अस्पताल पठाएको थियो।

त्यसमध्ये ५ मजदुरको मृत्यु भएको जानकारी पर्सा प्रहरीले बिहीबार मात्र पाएको छ।

मृत्यु हुनेमा भारत बिहारका ५२ वर्षीय विनोद पाण्डे र २७ वर्षीय गगन नायक उत्तर प्रदेशका ३२ वर्षीय धिरु सहनी, लखनउका ३७ वर्षीय मानस परिदा र ३० वर्षीय रामपुकार यादव छन्। उता उद्योगले भने मजदुरहरुको मृत्युबारे आधिकारिक जानकारी दिन मानेको छैन।

उद्योगका महाप्रबन्धक गुरुप्रसाद चौधरीलाई सम्पर्क गर्दा टेलिफान नउठाएको साथै घटनास्थलमा सन्चारकर्मीलाई जान निषेध गरिएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा यो खबर छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment