दशैंमा मासु र रक्सी खाँदा सावधानी नअपनाए लाग्न सक्छ ‘दीर्घरोग’


काठमाडौं । हिन्दू धर्मावलम्बीहरूकाे महान पर्व दशैंमा प्राय: सबैले मासु खाने गरेका छन् । नहुनेले पनि ऋणपान गरेरै भए पनि दशैंमा मासु खानैपर्छ भन्ने मान्यता राखिन्छ। तर यस्तो पर्वमा मासु कति, कसरी र कस्तो खाने भन्ने सन्दर्भमा हामी खासै सचेत छैनौं ।

गलत तरिकाले भण्डारण गरिएका र बासी मासु खाँदा ज्यान सक्ने स्वाथ्यकर्मीहरुले बताउँदै आएका छन् । मासुसहित चिल्लो पदार्थ खाँदा र मदिरा पिउँदा धेरैको स्वास्थ्य बिग्रिने हुन्छ । चिकित्सकका अनुसार दशैंका बेला खानपिनमा ध्यान नदिँदा स्वस्थ मानिस पनि अस्पताल पुग्छन् । त्यसैले खानपिनमा विशेष ध्यान दिन आवश्यक छ ।

दशैंका बेला उच्च रक्तचाप, मुटुरोग, मधुमेह र पेटजन्य समस्याका बिरामीको संख्या ह्वात्तै बढ्छ । अस्वास्थ्यकर मासुका कारण तत्कालै टाइफाइड, झाडापखाला, आउँ, पेट दुख्ने र फुल्ने समस्या पनि हुन्छ । दशैंका बेला एकै पटकमा धेरै मासु खाने प्रबृत्ति छ । जुन स्वास्थ्यका लागि राम्रो होइन । यस्तै, कोक, फेन्टा र अन्य जुसभन्दा सफा पानी र हरियो तरकारीलाई पनि प्राथमिकता दिनुपर्छ । मासुको मात्र भर पर्नु हुँदैन ।

अनियन्त्रित खानपानले शरीरमा अतिरिक्त बोसो जम्मा भई मधुमेहसहित अन्य रोगलाई बढावा दिने भएकाले मासु खाँदा ध्यान दिनुपर्छ । रातो मासुमा स्याचुरेटेड फ्याट (स्वास्थ्यका लागि हानिकारक चिल्लो) हुन्छ । यसले शरीरमा बोसोको मात्रा बढाउँछ र उक्त बोसो रगतको नशा तथा धमनीमा गएर जम्न सक्छ । यसले कोलस्ट्रोल, उच्च रक्तचाप एवं मुटुको रोग निम्त्याउछ ।

दसैंमा मात्र नभएर अन्य समयमा पनि नेपाली पोलेको मासु, सेकुवा आदि बढी खान्छन् । यस्ता मासुमा कार्सिनोजेनिक भनिने तत्व समावेश हुन्छ जसले पेट र आन्द्रासम्बन्धी क्यान्सर हुने सम्भावना बढाउँछ ।

यस्तो चाडबाडमा मासु खानै नहुने भन्ने होइन, तर कस्तो मासु खाने ? कति र कसरी खाने ? भन्नेले महत्वपूर्ण हुन्छ । चिकित्सकका अनुसार एक छाकमा तीन–चार टुक्रा मात्रै मासु खानुपर्छ ।

मिर्गौला रोगीले के खाने ?

मिर्गौला रोगीले माछा र सेतो मासु खाँदा राम्रो हुने बताइएको छ । तर बिर्सेर पनि –मुटु, कलेजो, मिर्गौला, आँखा, रगत खान नहुने बताइएको छ ।

मासुका लागि उपयुक्त पशु तथा पन्छीको उल्लिखित अंग नखाँदा स्वास्थ्यका लागि उपयुक्त हुन्छ । विषाक्त रसायनले मानिसको स्वास्थ्यलाई राम्रो गर्दैन । रोगी मानिसले त्यस्ता रसायन भएको मासु खाँदा रोगीमाथि रोगी हुन्छन् ।

माछा मासु कति खाने ?

सेतो मासु बढीमा ५ टुक्रा ।
माछा २ देखि ३ टुक्रा ।
अन्डा १ देखि २ वटासम्म ।
रोतो मासु २ देखि ३ टुक्रा ।

बाँकी सुझावहरु 

घाम र धूवाँमा सुकाएको मासु नखाने ।
सामान्य फ्रिजमा राखिएको मासु दुई/तीनपछि नखाने ।

मासु पकाएर धेरै समय फ्रिजमा राख्दा पनि ब्याक्टेरियाको संक्रमण हुन सक्छ । भण्डारणको उचित वातावरण नमिल्दा पनि कतिपय अवस्थामा मासु खानयोग्य नहुने चिकित्सकको भनाइ छ । चाडपर्वका नाममा जथाभावी खाएर अस्वस्थ हुनु स्वास्थ्य बाधा मात्र होइन आर्थिक क्षतिका साथै परिवारका सदस्यका लागि हैरानीसमेत हो । त्यसैले मासुजन्य खानेकुरा खाँदा साबधानी अपनाऊ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment