बेलायतका नेपालीमाझ देउवाले भने – ‘मताधिकार दिन सकिँदैन, अरु सुविधा के चाहिन्छ भन्नु

 

बेलायत । प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी नागरिकता लिइसकेका नेपालीहरुलाई तत्काल मताधिकार दिन नसकिने बताउनु भएको छ ।

गैरआवासिय गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले सविधानमै उल्लेख नभएकाले विदेशी नागरिकता लिएका नेपालीलाई मताधिकार दिन नसकिने बताउनु भएको हो ।

स्वागत समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, विदेशी नागरिकता लिइसकेका नेपालीलाई तत्काल मताधिकार दिन सकिँदैन। त्यसका लागि संविधान नै बद्ल्नुपर्ने हुन्छ, यो तत्का सम्भव छैन।’

प्रधानमन्त्री देउवाले त्याहाँका नेपालीहरुसँग अन्य सकिने सुविधा भने उपलब्ध गराउ तयार रहेको बताउनुभयो । त्यस्तै वेलायतमा बसेका नेपालीहरुलाई नेपालमा वैदेशिक लगानी भित्र्याउनमा सहयोग गर्न आग्रहसमेत गर्नुभएको थियो ।
उहाँले भूतपूर्व व्रिटिस गोर्खा सैनिकहरुको समस्या समाधान गर्नमा सहयोग गर्न तत्पर रहेको पनि उल्लेख गर्नुभयो ।

त्यस्तैगरी सरकारले पर्यटकहरुलाई विमानस्थलमै भिसा दिने काम (अन अराइभल भिसा) दिन सुरु गरिएको पनि बताउनु भयो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment