इलामको माई नगरपालिकामा रहेको माई अस्पतालमा आँखा उपचार सेवा शुरु हुने

  • सोम घिमिरे , 


माई, १२ कार्तिकः इलामको माई नगरपालिकामा रहेको  माई अस्पतालमा आँखा उपचार सेवा सन्चालन हुने भएको छ।  बिराटनगर आँखा अस्पताल, माई नगरपालिका र नेपाल नेत्र ज्योति संघ ईलामको साझेदारिमा सेबा केन्द्र सुरु गर्न लागिएको हो।  आखाँ उपचार सेबा केन्द्र निर्माणका लागि कार्यपालिकामा निर्णय भई प्रकृया अगाडि बढेको माई स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले जानकारी दिनुभयो । आँखा उपचार केन्द्र माई अस्पतालमा रहने छ। 

हप्तामा तीन दिन माई अस्पतालमा र अन्य तीन दिन समुदायमा पुग्ने लक्ष्य रहेको बिराटनगर आँखा अस्पतालका अध्यक्ष प्रभुनारायण चौधरीले बताउनु भयो ।  माईका मेयर दिपक कुमार थेवेले आँखा उपचार केन्द्र माई क्षेत्रमा आबश्यक रहेकोले स्थापना गर्न लागिएको जानकारी दिनुभयो।  नागरिक स्वास्थ्य रहे मात्र स्वस्थ्य र सम्बृद्धि समाज निर्माण गर्न सकिने मेयर थेवेको भनाई थियो।  

नगरपालिका भबनमा भएको अन्तकृया कार्यक्रममा इलामका प्रदेश साँसद तथा नेकपा एमाले ईलाम अध्यक्ष राम राना, माईका मेयर दिपक कुमार थेवे, समाजसेवी ध्रुव श्रेष्ठ, हेम बहादुर लायो,  बिराटनगर आँखा अस्पतालका अध्यक्ष प्रभुनारायण चौधरी, नेपाल नेत्र ज्योति संघका प्रोग्राम कोडिनेटर सुधिर ठाकुर, ईलाम अध्यक्ष ईन्द्र फुयल, प्रमुख प्रशासकिय अधिकृत बिष्णु कुमार थेगुवा, लेखा अधिकृत क्षेत्रनाथ शर्मा, स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेल लगायतको सहभागिता रहेको थियो।  

यसै बिच आँखा उपचार सम्बन्धी घुम्ति शिबिर सन्चालन सम्बन्धि बुधबारनै अन्तरक्रिया भएको छ।  हप्तामा तीन दिन सन्चालन हुने घुम्ती शिविरको ब्यबस्थापन लगायतका बिषयमा अन्तरक्रिया भएको थियो।  अन्तकृया कार्यक्रममा वडाध्यक्ष राम प्रसाद सदेम्बा, स्वास्थ्य व्यबस्थापन समितिका अध्यक्ष देविभक्त कुमाल, नेपाल नेत्र ज्योति संघका अध्यक्ष ईन्द्र फुयल, सचिव बिष्णु कार्की, प्रकाश भट्टराई, संजीव ढकाल,  बिराटनगर आँखा अस्पतालका प्रतिनिधि, स्थानीय स्वास्थ्यकर्मी, संचारकर्मी लगायतको सहभागिता रहेको स्वास्थ्य प्रमुख पुष्कर कट्टेलले बताउनुभयो  ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment